ट्रक दुर्घटनामा चालकको मृत्यु, तीन घाइते


चितवन, ३० मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्दिा चालकको मृत्यु भएको छ भने तीनजना घाइते भएको छन ।

पूर्वबाट आउँदै गरेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक बिहान करिब साढे सात बजेको समयमा एकापसमा ठोकिएको हो । ठोक्दिा ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक हेटौडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चनको मृत्यु भएको छ ।

सोही ट्रकका सहचालक बाग्मती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक कनकाई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वलन देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
तीनै जना घाइतेहरु अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्