कीर्तिपुरमा मकल बालेर सुतेका आमा–छोरा मृत फेल


काठमाडौँ, ३० मङ्सिर ।  काठमाडौँको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा कीर्तिपुरमा कोठामा मकल बालेर सुतेका आमाछोराको ज्यान गएको छ ।

३६ वर्षीय शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको छ । कोठा न्यानो बनाउनुकोलागि मकर बालेर सुतेको अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताएको छ ।

अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताएको छ तर मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।

भेन्टिलेसन नभएको साँघुरो कोठामा कोइला बालेर आमा–छोरा खाटमा र श्रीमान् नवराज रञ्जितकार भुईँमा सुतेका थिए बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्