दुई महिनामा १९ वटा हराएको मोबाइल ईप्रका बेलबारीले बुझाए


अशोक गुरुङ –

बेलवारी, २९ मङ्सिर ।  हराएको ११ वटा मोबाइल इलाका प्रहरी कार्यालय, बेलबारीले सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । २०७५ देखि २०७६ भित्र हराएको ११ वटा मोबाइल प्रहरीले हस्तान्तरण गरेका हुन ।

मोरङका केदार मगर, एलिना राई, कुमारी गुरुङ, टंक वि.क, सजिना राई सुनसरी, लक्ष्मण धामी, भुद्री देवी माझी, धनराज लिम्बु, डम्बर कार्की, सङ्खुवासभाका चिरञ्जीवी पाण्डे र भक्तपुरका सञ्जय श्रेष्ठलाई ईप्रका बेलवारीले हस्तान्तरण गरेको छ । कात्तिक र मङ्सिर भित्रमा, ईप्रका बेलवारीले १९ वटा हराएको मोबाइल बुझाएको छ ।

उक्त मोबाइल ईप्रका बेलबारीको कार्यालयमा पत्रकार सम्मेलन गरी निरीक्षक गुनाराज बुढाथोकीले आइतबार प्रदान गरेका हुन । निरीक्षक बुढाथोकीका अनुसार मोबाइल सम्बन्धी पर्ने उजुरीको विशेष अनुसन्धानको लागि मोबाइल डेकस नै राखिएको छ । यस अघि पनि कात्तिक महिनामा हराएका ८ मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरूलाई ईप्रका बेलबारीले बुझाएका थिए ।

साथै अदालतबाट मुद्दा फैसला भई फरार रहेका ६० जनालाई फैसला कार्यान्वयन गरेको ईप्रका बेलवारीका निरीक्षक गुणराज बुढाथोकीले बताएको छ । त्यस्तै ईप्रका बेलबारीमा ३२ वर्षीय आशोदेवी चौधरीलाई चोरीको सामान सहित पक्राउ परेको छ ।

पक्राउ परेको महिलाको साथमा बेलवारी–५ का भुद्रीदेवी माझीको घरबाट एक थान मोबाइल, रु.४० हजार नगद, ब्लाङ्केट, बेलवारी–११ निवासी मोहन प्रसाद धमलाको घरबाट सुनको पिँजडा १ जोर, रामलिला १ जोर र नगद रु.२ हजार ५ सय, बेलवारी–६ का लक्ष्मण धामी खवासको घरबाट सुनको गहना कानवाजा १ जोर , सिक्री , नकथिया, सिरवन, २५ तोला चाँदीको हार , ब्रासलेट ४/४ तोलाको २ थान सामान बरामद भएको निरीक्षक बुढाथोकीले जनाएको छ ।

चोरीबारे थप अनुसन्धान भई रहेको निरीक्षक बुढाथोकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्