पहिचान भनेको जातियता होइन : अशोक राई


अशोक गुरुङ –

उर्लाबारी ,२९ मङ्सिर ।  समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले, पहिचान जातियता नभएको बताएका छन् । मोरङको उर्लाबारी –३ स्थित धिमाल परियोजना स्थलमा, धिमाल स्वायत्त क्षेत्र समितिको आयोजनामा समाजवादी पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता राईले सो बताएका हुन ।

वरिष्ठ नेता राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्री ज्युले संविधान संशोधन गर्न समय माग्नु भयो १ वर्ष भइसकेको छ । अब हामी गम्वीरतासगँ कुरा राख्छौ त्यसपछि सरकारमा रहने की नरहने निर्णय गर्छौ । पहिचान भनेको जातियता होइन पहिचान हो । सबै नेपाली नागरिकहरूको इतिहास, भाषा, भूमि, संस्कृतिलाई सम्मान गर्नुपर्छ भनेको हो । त्यहीनै न्याय हुन्छ । पहिचान माग्दा जातिवादी भन्नु एउटा भ्रम हो ।’

केन्द्रीय सदस्य तथा लिम्बुवान अध्यक्ष खगेन्द्र माखिमले कार्यक्रमलाई सम्बोधन गर्दै जुन पार्टीको सरकार भयो त्यही पार्टीको मात्र योजना बन्ने गरेको बताए । उनले भने, ‘हामी काँग्रेस हौ योजना काँग्रेसकोनै हुन्छ । हामी कम्युनिस्ट हौ योजना कम्युनिष्टकोनै हुन्छ तर धिमालको योजना धिमालले कहिले बनाएन धिमालको सपना पुरा गर्न पार्टी कहिले आएन त्यसैले समाजवादी पार्टी आएको हो ।’

नेपाल कम्यनिष्ट पार्टी, नेपाली काँग्रेस र अन्य पार्टी परित्याग गरी २ दर्जन कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संघिय परिषद् सदस्य राम काजी राई , केन्द्रीय नेताहरू लेक सागर साम्बा , देउकुमार नेम्वाङ लगायतले कार्यक्रम सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य केदार धिमाल र तुलसी राजवंशीले स्वागत मन्तव्य राखेका थिए छ ।

धिमाल स्वायत्त क्षेत्र समितिको अध्यक्ष बाङ्काई धिमालको अध्यक्षतामा कार्यक्रक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्