सिन्धुपाल्चोकमा बस दुर्घटना


सिन्धुपाल्चोक, २९ मङ्सिर । दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौँतर्फ फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान सिन्धुपाल्चोकमा दुर्घटना भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने १८ जना घाइते भएको छ । सडकबाट करिब ५०० मिटर तल खस्दा आठ महिला , तीन पुरुष , एक बालिका र दुई बालक गरी १४ जनाको घटना स्थलमानै मृत्यु भएको छ भने १८ जनालाई प्रहरी टोलीले घटनास्थलबाट उद्धारगरी उपचारको लागि धुलिखेलतर्फ पठाएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

मृतकहरूको सनाखत नभए पनि मृतकहरू सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका घर भई भक्तपुर डेरा गरी बस्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्