कवि छवि वैरागीको कविता सङ्ग्रह “आहत हिपत” को लोकार्पण


मोरङ, २८ मङ्सिर / सुन्दरहरैचामा कवि छवि वैरागी घिमिरेको कविता सङ्ग्रह “आहत हिपत” को लोकार्पण भएको छ । शनिवार सुन्दरहरैचा नगरपालिका कार्यालयको सभाहलमा नोबेल साकोस साहित्य प्रतिष्ठान, काठमाडौँको आयोजनामा लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

लोकार्पण कार्यक्रममाको उद्घाटन सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालद्वारा दीप प्रज्वलन गरेर भएको थियो । छवि वैरागीको प्रथम संस्करण “आहत हिपत” कविता सङ्ग्रहमा ५५ वटा रचनाहरू रहेको छ ।

कवि छवि वैरागीले कविता सङ्ग्रहको बारे बताउँदै ‘हिपत’ को अर्थ हिमाल, पहाड र तराई रहेको जनाएका छन् । हिमाल, पहाड र तराईमा बस्ने जो भए पनि नेपाली एक भएको र कोही पनि अलग नभएकोले कविता सङ्ग्रहको नाम “आहत हिपत” राखिएको कवि छवि वैरागी बताऊ छन् । कवि छवि वैरागीका अनुसार विकृति, विसङ्गति विरुद्ध, घटना, प्रेम र नारीका उत्पीडनहरूका विषयलाई लिएर कविता संङग्रह तयार भएको छ ।

कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, प्रा.डा टङ्क प्रसाद न्यौपाने, प्रा.डा बद्रीविशाल पोखरेल, डा. रमेश घिमिरे, साहित्यकार लेखनाथ घिमिरे , अमृत आचार्य लगायतको उपस्थिति रहेको थियो ।

https://youtu.be/SlfIxSxZIT8

प्रतिक्रिया दिनुहोस्