विप्लव समूहका स्याङ्जा इन्चार्ज पक्राउ


गोरखा, २७ मङ्सिर ।  गोरखाको सदरमुकामका घ्याम्पेशाल चोकबाट बिहीबार राति प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डिएसपी मित्रबन्धु शर्माले बताएको छ ।

गोकुल स्याङ्जा जिल्ला इन्चार्ज हो भने जीवन कार्यकर्ता रहेको प्रहरीले बताएको छ । उनीहरूलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्