लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने : मन्त्री अर्याल


काठमाडौँ , २७ मङ्सिर ।  संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् ।

प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्नकोलागि डकुमेन्ट सङ्कलन गरिरहेको मन्त्री अर्यालले बताएकी छन् ।

भारतीय नक्सा सार्वजनिक भएपछि नेपालले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरी सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्री स्तरीय वार्ताबाटै भए पनि गर्ने देखिएको मन्त्री अर्यालले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्