पदक विजेता खेलाडीहरू नागरिक अभिनन्दनमा


काठमाडौँ ,२७ मङ्सिर । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरूको नागरिक अभिनन्दनमा पानीले प्रभावित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट नगर परिक्रमामा पदक विजेता खेलाडीहरूले पैदल हिँडेर सुरु भएको छ । उल्लेख्य सङ्ख्यामा सहभागिता भएका खेलाडीलाई पानीले भने भिजाएको छ ।

-याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुलचोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म खेलाडीहरू पुग्ने छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्