वनभोज भक्तपुर गएको बस दुर्घटना : २२ घाइते


भक्तपुर , २७ मङ्सिर ।  भक्तपुरको सूर्य विनायक नगरपालिका–८ घ्याम्पे डाँडा वनभोजका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटनामा परेको छ ।

बिहान मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थीहरू र शिक्षकहरू वनभोज खानका लागि भक्तपुर आएको बस काठमाडौँमा दुर्घटना भएको छ ।

बस सडकमै पल्टेकोले दुर्घटनामा २२ जना घाइते भएका छन् भने घाइतेहरूको अवस्था सामान्य रहेको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी चक्रराज जोशीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्