दुई जनालाई चरेससहित पक्राउ


मकवानपुर, २७ मङ्सिर । भीमफेदी गाउँपालिका–२ बाट दुई जनालाई १० किलो चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ का अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ का सुत्लान मिया अन्सारी रहेको छ ।

बिहीबार अपराह्न भैंसे चौकीबाट खटिएको प्रहरी टोलीले बा. ४० प ७२४० नम्बर मोटरसाइकलमा सवार उनीहरूबाट १० किलो २५० ग्राम चरेस बरामद गरेको छ ।

उनीहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम यस्तो कसुर स्थापित हुन आएमा दुई देखि दस वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्