सिमकोट, २६ मङ्सिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालक सहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएका छन् भने दुई जना घाइते भएको छ ।
दुर्घटना स्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइते सहित चालकको नाम सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताएको छ ।
उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।