“दोस्रो कुसुमे उद्यौली कप २०७६”को आज फाइनल : एपियफ र रोयल भिड्दै


मोरङ, २६ मङ्सिर / केराबारीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” को आज (बिहीबार) सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ) र रोयल फुटबल क्लब दमक झापा बिच फाइनल खेल हुँदैछ ।

किराँत समुदायको उद्यौली पर्वको अवसरमा मङ्सिर २० गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न हुने भएको हो । मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफले बेलबारी फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने रोयलले डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनलमा ट्राइब्रेक्ररमा ४–२ गोलको अन्तरले एपियफले बेलबारीलाई हराएको थियो । अन्तिम सेमिफाइनल खेलमा रोयलले डाँगीहाटलाई ट्राइब्रेक्ररमा ५–४ गोलको अन्तरले रोयल फाइनलमा प्रवेश गरेको हो ।

खेलमा आयोजक टिम कुसुमे साईनिङ क्लब , रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको थियो ।

सचिवका अनुसार प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । आज हुने एपियफ र रोयल बिचको फाइनल खेल रोमाञ्चक हुने सचिव राई बताऊ छन् ।

आयोजकका अनुसार आजको औपचारिक समापन कार्यक्रम दिउसो १ बजे देखी केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको प्रमुख आतिथ्यमा हुने छ । फाइनल खेल दिउसो २ बजे देखी सुरु हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्