नारायणगढ–मुग्लिन सडक दुई साता दिउँसो बन्द हुने


चितवन, २५ मङ्सिर ।  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्ड दुई सातासम्म बन्द हुने भएको छ ।

सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय जारी गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ ।

सो समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिने भएको छ । त्यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिने भएको छ ।

एम्बुलेन्स, शव वाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्