जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ , २५ मङ्सिर । कञ्चनपुर महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएका महिलाहरू माथि जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय माया पुरी र ३८ वर्षीय बसन्ती भट्टको मृत्यु भएको छ भने ३५ वर्षीय ललिता बोहरा , ३४ वर्षीय सुनिता विष्ट , ३२ वर्षीय उमा साउद र २४ वर्षीय सरिता ओझा घाइते भएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएको छ ।

उपचारको लागि अस्पताल ल्याई जाने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको र घाइतेहरूलाई उपचारकोलागि भारत खटिमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्