करोडौँ ठगी गर्ने गिरोह सार्वजनिक पक्राउ : प्रहरीले सार्वजनिक गर्ने


काठमाडौँ , २५ मङ्सिर । अनलाइन ठगी र बैङ्कको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई प्रहरीले आजै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने भएको छ ।

सर्वसाधारणलाई विभिन्न आकर्षक उपहार परेको भन्दै ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा कृषि विकास बैङ्कको हृयाकिङमा संलग्नहरूसँग समेत उनीहरूको कनेक्सन देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

करिब १६ देखि १७ करोडको कारोबार देखिएकोले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएकोले अनुसन्धान गर्न पत्राचार भइरहेको एसएसपी थापाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्