पहिलो हाफ सम्म भुटान र नेपालको गोल बराबरी


काठमाडौँ ,२४ मङ्सिर ।  दशरथ रंगशालामा भएको पुरुष फुटबलको फाइनल खेलमा नेपाल र भुटानको गोल अग्रता बराबरी रहेको छ ।

नेपालमा भई रहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेलमा १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गरेता पनि भुटानका कप्तान चेम्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल बनाएको छ ।

समूह चरणमा साग पुरुष फुटबल खेलमा नेपालसँग ४-० ले भुटान पराजित भएको थियो । भुटानले बङ्गलादेश, मालदिभ्स र श्रीलंकालाई हराएपछि नेपालसँग फाइनल स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्