मोरङ, १३ मङ्सिर / केराबारीमा यही शनिवार खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६” को पहिलो र अन्तिम सेमिफाइनल आज मङ्गलवार नै हुने भएको छ । बेलबारी फुटबल क्लब र सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ) बिच भोलि (बुधवार) हुने खेल आज नै हुने भएको हो ।
आयोजकका अनुसार प्राविधिक समस्याको कारण बेलबारी र एपियफ बिच आज बिहान १२ः०० खेल हुने आयोजकले जनाएको छ । अन्तिम सेमिफाइनल खेल पनि आज नै दिउसो २ः०० बजे युथ क्लब डाँगीहाट र रोयल फुटबल क्लब झापा बिच हुने क्लबका सचिव अमर राईले जनाएको छ ।
प्रतियोगितामा केराबारी गाउँपालिका कार्यालयको सहयोग रहेको क्लबका सचिव अमर राईले बताए । सचिव राईका अनुसार प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् । खेलको फाइनल मङ्सिर २६ गते हुने छ ।