डाँगीहाट युथ क्लब सेमिफाइनलमा : “दोस्रो कुसुमे उद्यौली कप २०७६”


मोरङ, २३ मङ्सिर / केराबारीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उद्यौली कप २०७६”मा डाँगीहाट युथ क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा इटहरी फुटबल क्लब, सुनसरीलाई पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

डाँगीहाटले इटहरीलाई २–१ गोलको अन्तरले हराएको छ । डाँगीहाटको जितको लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले २ गोल गरेका थिए । इटहरीको तर्फबाट जर्सी नं. १६ का खेलाडी किरण राईले १ गोल गरेका थिए तर जितको लागि पर्याप्त हुन सकेन ।

शेखरले पहिलो हाफको २३ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर इटहरीले पहिलो हाफमा कुनै गोल गर्न सकेन । १ गोलको अग्रतासँगै डाँगीहाटले इटहरी विरुद्ध शेखरले दोस्रो हाफको १० मिनेटमा पुनः दोस्रो गोल गरे । दबाबमा रहेको इटहरीले दोस्रो हाफको २७ मिनेटमा किरणले गोल गरेका पनि जितको लागि पर्याप्त थिएन ।

खेलको म्यान अफ दि म्याच डाँगीहाटका शेखर लिम्बु घोषित भएका छन् । उनले नगद पुरस्कार रु.१ हजार ५ सय प्राप्त गरेका छन् ।
भोलि (मङ्गलबार) युथ क्लब डाँगीहाट र रोयल फुटबल क्लब झापा बिच पहिलो सेमिफाइनल खेल हुने छ ।

https://youtu.be/csmtpi_C8Wc

प्रतिक्रिया दिनुहोस्