नेपाललाई बास्केटबलमा पहिलो पटक रजत पदक


काठमाडौँ, २३ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बास्केटबलमा पहिलो पटक रजत पदक जितेको छ । थ्री अन थ्री बास्केटबलमा सोमबार भारतसँग पराजित भएको नेपालले रजत पदक जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभगं हलमा भएको फाइनलमा नेपालले भारतसँग २०–१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१–९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्