विप्लव समूहको कार्यक्रममा सहभागी दुई बस विद्यार्थी प्रहरी नियन्त्रणमा


हेटौडा ,२२ मङ्सिर ।  मनहरी गाउँपालिका– २ सीता माविका विद्यार्थीहरू विप्लव समूहको कार्यक्रममा सहभागी हुन जाने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ ।

ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोसाक लगाएका युवा दस्ता र शिक्षकहरूलाई नियन्त्रणमा लिएको छ भने बसका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मनहरी र पशुपतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्