ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो कोहलपुर तनावग्रस्त


बाँके,२२ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा ट्रकको ठक्करबाट शिशु र चालकको मृत्यु भएको छ ।

नेपालगन्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्न्दिा शिशुको घटना स्थलमै मृत्यु भएको छ । मृतक शिशुको सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएका छन् ।

२८ वर्षीय एम्बुलेन्स चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का चित्रबहादुर सुनारको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरूको समूहले ट्रकमा आगजनी गरेका छन् । चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । बाटो खुलाउने प्रयास गरिरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्