इटहरीको बिग बार रेस्टुरेन्टमा आगलागी


सुनसरी, २२ मङ्सिर ।  इटहरी उपमहानगरपालिका स्थित मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सस्थित बिग बार रेस्टुरेन्ट आगलागीले नष्ट भएको छ ।

चौथो तलामाथि बिग बार रेस्टुरेन्टमा राति १ बजे विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताए । ३ घण्टा पछि विराटनगर ,दमक, सप्तरी, धरानको २ वटा, दुहबी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको छ ।

स्थानीय , नेपाल प्रहरी , नेपाली सेनाको सहायतामा आगो निभाएको छ । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हमे हमे परेको थियो ।

प्रतिक्रिया दिनुहोस्