‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को विजेता राम लिम्बू


काठमाडौँ, २१ मङ्सिर ।  ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को विजेता राम लिम्बूले भएका छन् । हयात ग्राउन्ड चुचेपाटी बौद्धमा शनिवार राति भएको गायन रियालिटी सो द भ्वाइस अफ नेपालको फाइनल (ग्रयाण्ड फिनाले) मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै राम लिम्बू विजयी भएका हुन ।

सिजन–२ का विजेता लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व साङ्गीतिक यात्राको अवसर प्राप्त गरेका छन्  ।

सेमिफाइनलबाट ८ जनामा ४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट चार फाइनलिस्ट छनोट भएका थिए । फाइनलमा प्रवेश गर्नेहरूमा प्रशिक्षक (कोच) दीप श्रेष्ठबाट विकास लिम्बू, कोच राजु लामाबाट सनिशा श्रेष्ठ, कोच आस्था राउतबाट आरिफ राव र कोच प्रमोद खरेलबाट राम लिम्बू  थिए ।

 

प्रतिक्रिया दिनुहोस्