सागको आठौँ दिन शनिवार हुने, १८ खेल कुन कुन हुँदैछ ?


काठमाडौँ, २१ मङ्सिर ।  नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आठौँ दिन शनिवार फुटबल, क्रिकेट लगायत १८ खेल हुँदै छन् ।

शनिवार एथलेटिक्स, आर्चरी, बास्केटबल, ह्यान्डबल, कबड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुनेछ ।

कुस्ती खेल जनकपुरमा शुक्रवारदेखि सुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्यान्डबल पोखरामा जारी छ । नेपालले शनिवार दिउँसो १ः३० बजे दशरथ रंगशालामा मालदिभ्स विरुद्ध फुटबल खेल्नेछ भने बिहान नौ बजे कीर्तिपुर मैदानमा बांग्लादेश विरुद्ध क्रिकेट हुनेछ ।

बिहान ११ बजे महिला क्रिकेटमा नेपालले काँस्य पदकका लागि मालदिभ्ससँग भिड्दैछ । जुडो पनि आजैबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्