रुपन्देहीमा मानसिक सन्तुलन गुमाएका छोराले आमाबुवाको गरे हत्या


बुटवल, २० मङ्सिर । रुपन्देही ओमसतिया गाउँपालिका –४ का ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीय थगना यादवलाई आफ्नै छोरा गोरखबहादुरले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

घरमै बसिरहेका आमाबुवालाई छोरा गोरखबहादुरले हतियार प्रहार गरी बुवा यादवको घटना स्थलमै मृत्यु भएको छ भने आमा यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी हेम थापाले बताएको छ ।

गोरखबहादुरको मानसिक सन्तुलन ठिक नभएकोले प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्