मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गयो


बनेपा, २० मङ्सिर ।  काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्ग स्थित त्रिपन्न किलोमा प्रदेश नं ३–०२–००५प ९७८५ नम्बरको बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीय नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ भने ५० वर्षीय खुशीमान तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

नीरमाया र खुशीमान श्रीमान् र श्रीमती भएको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्