भारतमा बलात्कारीलाई गोली मारे


काठमाडौँ, २० मङ्सिर / भारतको हैदरबादमा डाक्टरलाई सामूहिक बलात्कारपछि जलाउने ४ अभियत्तहरुलाई बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाईमा गोली हानी मारिएको छ ।

२७ नोभेम्बरको रातमा एक महिला डाक्टरको स्कुटर पञ्चर गराएर सामुहिक बलात्कार गरेपछि अपराधीहरूले बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक जलाएर फालिएको थियो ।

प्रहरीले आरोपीहरूलाई नियन्त्रणमा लिई अपराधको दृश्य ‘रि–क्रियट’ गर्न लगिन्र्दा भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएको छ ।

प्रहरीले आरोपीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्