नागरिक दबाबपछि सडक द्रुतगतिमा निर्माण गर्ने सहमति


दोलखा, २० मङ्सिर ।  खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले द्रुतगतिमा काम गर्ने सहमति गरेको छ ।

मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिकारलागि आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि र लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक वाराहीको अध्यक्षतामा सहमति भएको नागरिक अगुवाका रमेश खतिवडाले बताए।

मानव साङ्लो, ठेकेदारको पोस्टर गाडी तथा सार्वजनिक स्थानमा टाँस्नेदेखि शङ्ख फुकेर खबरदारी विरोधका कार्यक्रम गरेको छ ।

पुस मसान्तभित्र सवबेश र ग्राभेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्रे सुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्रे सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्