बागदेवीको अध्यक्षमा फणीन्द्रबहादुर चयन


बेलबारी, मोरङ / बेलबारी २ लालभित्तीमा रहेको बागदेवी सामुदायिक वनको अध्यक्षमा फणीन्द्रबहादुर थापा चयन भएका छन् । ११ औँ साधारण सभाबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र भट्टराई, सचिव भीमकुमारी मगर सहसचिव भुवन कार्की, कोषाध्यक्ष दिलकुमारी नेङ्वाङ छन् भने सदस्यहरूमा अमर बहादुर लिम्बू (भुपिन), सुरेन्द्र बहादुर बस्नेत, रमेश श्रेष्ठ, माधवराज निरौला, टिकादेवी सुनुवार, सीता सुवेदी पोख्रेल रहेका छन् ।

साथै शिवकुमार रुपाखेतीको संयोजकत्वमा तीन सदस्य लेखा समिति र उत्तम पोखरेलको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिको निर्माण भएको छ ।

साधारण सभाको खुल्ला सत्र आफ्नै सभाहलमा जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

https://youtu.be/LithROtOjoM?t=1

प्रतिक्रिया दिनुहोस्