काठमाडौँ, १९ मङ्सिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार डिस्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।