बेलबारीमा एमालेको ‘मिसन : पार्टी जागरण’ अभियान तीव्र


बेलबारी, मोरङ । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनतामाझ प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको ‘मिसन : पार्टी जागरण’ अभियान अन्तर्गत बेलबारी नगरपालिकाका वडा कमिटीहरूमा शृङ्खलाबद्ध बैठक सम्पन्न गरेको छ । एमालेको २०८३ जेठ ४, ८, ९ र १० गते काठमाडौँमा सम्पन्न सचिवालयको आठौँ बैठकले पारित गरेको निर्णयअनुसार बेलबारी नगर कमिटीले अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै प्रारम्भिक चरणमा वडा कमिटीका बैठकहरू आयोजना गरेको हो ।

अभियानको शुभारम्भ असार २६ गते बिहान बेलबारी-११ स्थित लक्ष्मीमार्गबाट गरिएको थियो । वडा कमिटी अध्यक्ष सुजय गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा बेलबारी इन्चार्ज एवं प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा जिल्ला कमिटी सचिवालयका पदाधिकारी, नगर कमिटीका नेतृत्व, वडा कमिटीका पदाधिकारी तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस क्रममा असार २६ गते नै बेलबारी-१ को पार्टी कार्यालयमा वडा कमिटीको बैठक सम्पन्न भयो । वडा अध्यक्ष धर्मराज मगरको अध्यक्षतामा सम्पन्न भएको हो । असार २७ गते बेलबारी-६ को सोमबारेमा वडा नं. ६ को बैठक सम्पन्न भएको थियो । पुष्कर शर्मा जमरकटेलको अध्यक्षतामा सम्पन्न भएको हो । सोही दिन कैलाशेश्वर मन्दिर परिसरमा आयोजित वडा नं. ५ को बैठकमा अध्यक्ष ईश्वर गिरीको अध्यक्षता रहेको थियो ।

असार २७ कै अपराह्न बेलबारी-२ को लालभित्तीस्थित रमिते सभाहलमा वडा नं. २ को बैठक सम्पन्न भएको थियो । राजु परियारको अध्यक्षतामा सम्पन्न भएको हो । असार २८ गते बिहान बेलबारी-३ को करमडाँडास्थित राधाकृष्ण मन्दिरमा वडा कमिटीको बैठक सम्पन्न भयो । मञ्जु रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यसै दिन दिउँसो बेलबारी-४ स्थित वडा पार्टी कार्यालय, बुधबारे बजारमा वडा नं. ४ को बैठक सम्पन्न भएको थियो । सुजितकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो । असार २८ गते अपराह्न बेलबारी-१० को चाँदनीचोकस्थित शक्ति सनातन मन्दिरमा वडा नं. १० को बैठक सम्पन्न भयो । ताराहाङ राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकहरूमा सहभागी नेताहरूले पार्टीलाई जनस्तरसँग थप नजिक लैजान, संगठनलाई गतिशील बनाउन, सदस्यहरूको सक्रियता बढाउन तथा आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘मिसन : पार्टी जागरण’ अभियान महत्त्वपूर्ण हुने बताएका थिए । अभियानमार्फत वडा तहदेखि नै संगठनात्मक सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र पार्टीप्रतिको जनविश्वास अझ मजबुत बनाउने लक्ष्य लिइएको छ ।

यस अभियानमा इरन राईले ‘मिसन : पार्टी जागरण’ अभियान-२०८३ का केन्द्रीय प्रतिनिधि (सहजकर्ता) का रूपमा सबै बैठकमा सहभागी भई अभियानको उद्देश्य, संगठन सुदृढीकरण र पार्टीको आगामी कार्ययोजनाबारे सहजीकरण गरिरहेका छन् । एमाले बेलबारी नगर कमिटीका अनुसार प्रारम्भिक चरणका वडा बैठक सम्पन्न भइसकेका छन् भने अभियानलाई आगामी दिनमा टोल, जनवर्गीय संगठन र आम नागरिकसम्म विस्तार गर्दै पार्टी जागरणलाई थप प्रभावकारी बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्