निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी सुरु


काठमाडौँ, १८ मङ्सिर ।  मङ्सिर १४ गतेको उपनिर्वाचनको परिणाम आएपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी सुरु गरेको छ ।

राष्ट्रियसभामा उनन्साठी सदस्यीय मध्ये १८ जना सदस्य फागुन २० गतेदेखि पद मुक्त हुँदैछ रिक्त पदपूर्ति गर्नकोलागि राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

राष्ट्रियसभाको निर्वाचन आगामी १५ माघ भित्रै सकिनुभन्दा ३५ दिन अगाडी नै निर्वाचन गरिने कानुनी व्यवस्था रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, हरि चरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बास्कोटा, मिना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमालकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेको छ ।

आगामी फागुन २० गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना पद मुक्त हुँदै छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्