चौथो दिन उसु खेलमा विवाद


काठमाडैं, १८ मङ्सिर ।  लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को उसु खेलमा विवाद भएको छ ।
उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेको छ ।

भारतका ज्ञानदास सिंह स्वर्ण पदकका दाबेदार भने नेपालका हरिप्रसाद गोली रजत पदक , बंगलादेशका मोहम्मद विप्लव रुद्रा र श्रीलंकाका थरिन्दु निर्मल अनुराथ सबैभन्दा कमजोर देखिएको छ । म्याच रेफ्रीले सबैभन्दा कमजोर भनिएका श्रीलंकन खेलाडीलाई नै विजेता घोषित गरेको छ ।

भारतका ज्ञानदास दोस्रो र नेपालका हरि तेस्रो भएको नतिजा सार्वजनिक भएपछि भारत र नेपालका रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिएपछि दर्शकले पनि पानीको बोतल फाले छ ।

आयोजकले पदक वितरण गर्दा श्रीलंकन खेलाडी पदक लिन गए तर दोस्रो घोषित भारतीय खेलाडीले लिन अस्वीकार गरेपछि पदक वितरण समारोह राखिएको छ । सम्भवतः भोलि मात्र पदक वितरण हुने छन् ।

प्रतिक्रिया दिनुहोस्