नेकपा सचिवालयको बैठकमा उपनिर्वाचनमा घात नभएको निष्कर्ष


काठमाडौँ, १८ मङ्सिर ।  मङ्सिर १४ गते भएको उपनिवार्चनको मत नतिजाले सत्तारुद्ध नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सचिवालय बैठकले उपनिवार्चनमा कुनै घात नभएको ठहर गरेको छ ।

आन्तरिक असहयोगका कारण धरान उपमहानगरको मेयर पद गुमाउनु परेको चर्चा चलिरहेका बेला नेकपा सचिवालय बैठकले उपनिर्वाचनमा कुनै घात नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ कार्यकारी भएपछि बसेको नेकपा सचिवालय बैठकले ३७ जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्