जिल्ला नयाँ न्यायाधीशमा को, कहाँ सिफारिस भए ? (सूचिसहित)


काठमाडौंं, १७ मङ्सिर । सातै जिल्ला अदालतमा नयाँ न्यायाधीशको लागि न्याय परिषद्ले सिफारिस गरेको छ । भोजपुर, रुकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको छ । परिषद्ले पाँच जना न्यायाधीशको सरुवा पनि गरेको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिस्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उप रजिस्ट्रार विद्याराज पौडेल रुकुममा, सर्वोच्चमा उप रजिस्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका रजिस्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोच्चकी उप रजिस्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएको छ ।

उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन् त्यस्तै सर्वोच्चकी उप रजिस्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिस्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएको छ ।

भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलुखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौँमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रुकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरुवा गरेका छन् ।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे गत मङ्सिर ३ गते अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्