बागलुङमा भएको दुर्घटनाप्रति काँग्रेस सभापतिले दुःख व्यक्त गरे


काठमाडौँ, १७ मङ्सिर ।  नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बागलुङको बढिगाड गाउँपालिका–७ भीमगिठेमा जिप दुर्घटनामानप्रति दु:ख व्यक्त गरेका छन् ।

दुर्घटनामा परेका परि मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय तिव्ररुपमा दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

कुल पूजाको लागि गुल्मीबाट बागलुङको निसिखोला जाँदै गरेको जिप बढिगाड गाउँपालिकाको भीमगिठेस्थित सडकबाट करिब ५ सय मिटर तल खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ ।

३ जना घाइतेको अवस्था गम्भीर छ भने एक जना बेपत्ता भएको बागलुङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्