काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने तयारीका लागि पदबाट अलग भएको जानकारी दिएका छन् ।
गुप्ताले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने निर्णय गरिएको उल्लेख गर्दै अब आफू पूर्ण रूपमा निर्वाचन अभियानमा केन्द्रित हुने बताएका छन् । उनका अनुसार राजनीतिक आचारसंहिता र चुनावी प्रक्रियालाई मध्यनजर गर्दै राजीनामा दिइएको हो ।


