बेलबारी । नेकपा (एमाले) मोरङ क्षेत्र नं. ३ बाट इरान राई प्रतिनिधिसभा सदस्यका उम्मेदवार निश्चित भएका छन् । माघ ३ गते पार्टीको निर्वाचन समन्वय समितिको निर्णयअनुसार यसअघि चर्चामा रहेको दिलीप कुमार राईको नाममा आज फेरबदल गर्दै इरान राईको नाम टुङ्गो लागेको हो ।
नेकपा (एमाले) मोरङ निर्वाचन समन्वयन संयोजक ऋषीकेश पोखरेलका अनुसार पार्टीको आन्तरिक छलफल र समन्वयपछि इरान राईलाई क्षेत्र नं. ३ को उम्मेदवारका रूपमा अगाडि बढाइएको हो । यस निर्णयसँगै मोरङ-३ मा एमालेको उम्मेदवारी औपचारिक रूपमा निश्चित भएको छ ।
यसअघि सो क्षेत्रबाट एमालेका तर्फबाट भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ढकाल एक पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि दोस्रो पटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मासँग भारी मतान्तरले पराजित भएका थिए ।
इरान राईको उम्मेदवारी निश्चित भएसँगै मोरङ क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ ।


