मोरङ । जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागी फरार रहेका अभियुक्तहरूको खोजतलासका क्रममा सुन्दरहरैचाबाट एक महिला पक्राउ परेकी छन् ।प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट लेनदेन मुद्दामा १ वर्ष कैद सजाय तोकिएका अभियुक्त चूडामणि रिजालसँग सम्बन्धित व्यक्ति सिर्जना रिजाल पाठकलाई पक्राउ गरिएको हो ।
अदालतको मुद्दा अनुसार सजाय तोकिएका ४२ वर्षीया सिर्जना रिजाल पाठकलाई शुक्रवार बिहान करिब ८ः३० बजे मोरङको सुन्दरहरैचा नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका-८ स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका-३२ पुरानो सिनामंगल बसोबास गर्दै आएकी सिर्जना रिजाल पाठकलाई पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोरङ जिल्ला कारागार विराटनगर पठाइएको प्रहरीले जनाए ।


