प्रहरी नायव निरीक्षक घुससहित पक्राउ


जनकपुरधाम, १६ मङ्सिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।

धनुषाका ट्राफिक प्रहरी नायव निरीक्षक नवीन कुमार झाले ढुङ्गा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै टिपर चालकसँग रुपैयाँ लिइरहेको छ ।

बर्दिबासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झालाई घुससहित पक्राउ गरेको छ । नियन्त्रणमा लिएर झालाई थप अनुसन्धान गरिरहेको अख्तियारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्