परिचय नखुलेको ७० वर्षीय वृद्ध मृत भेटिए


काठमाडौँ, १६ मङ्सिर ।  पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वामा परिचय नखोलिएका करिब ७० वर्षीय वृद्ध मृत फेला परेका छन् ।

मागेर हिँड्ने पुरुष ब्याक्ति अचेत अवस्थामा छ भन्ने सूचनाको आधारमा घटनास्थल पुग्दा उनी मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले बताएको छ । तराईमूलको बासिन्दा जस्तो देखिने वृद्ध आइतबार मृत भेटिएको हो ।

प्रहरी र चिकित्सकको टोली घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्