सुन्दरहरैचामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दुईदिने कार्यक्रम


सुन्दरहरैचा, १६ मङ्सिर / अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सुन्दरहरैचामा दीप प्रज्वलन कार्यक्रम, -याली, निःशुल्क स्वास्थ्य शिविर र हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हुने भएको छ । नेपाल अपाङ्ग महिला सङ्घ मोरङले आइतबार पत्रकार सम्मेलन गर्दै सो जनाएको हो ।

आज (सोमबार) अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचा पुनर्स्थापना विकास केन्द्र र अपाङ्ग महिला सङ्घ मोरङको संयुक्त आयोजनामा साँझ बिराटचोक र गछिया बजारमा दीप प्रज्वलन कार्यक्रम र मङ्गलवार -याली, सबै वडाका अपाङ्गता भएका व्यक्तिहरू बिच हाजिरी जवाफ प्रतियोगिता र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

आइतबार बिराटचोक स्थित निष्पक्ष खबरको सभाहलमा भएको पत्रकार सम्मेलनमा अपाङ्गता भएका व्यक्तिलाई सञ्चार माध्यममा कस्तो भाषा प्रयोग गर्ने भन्ने विषयमा पनि अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, गरिमाको संरक्षण सुनिश्चित गर्न, आम सञ्चार प्रक्रियाका क्रममा अक्षर, बचन वा दृश्यद्वारा अपागंता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्बिर वा भाषा प्रयोग नहोस् भन्ने विषयमा छलफल भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै आशय प्रकट नगर्न, अपाङ्गता भएका व्यक्तिलाई व्यक्ति, समुदाय र समाजमा सही तरिकाले प्रस्तुत गर्ने नेपाल अपाङ्गता महिला सङ्घ मोरङकी अध्यक्ष भिमा खतिवडाले आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्