औषधी व्यवसायी संघमा २२ जनाको उम्मेदवारी, ठाकुरको पक्षमा माहौल


विराटनगर, १६ मंसिर / मङ्सिर २० गते हुने नेपाल औषधि व्यवसायी सङ्घ मोरङको ९ पदको लागि हुने निर्वाचनमा २२ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

सङ्घको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । पूर्व केन्द्रीय सदस्य लक्ष्मी प्रसाद तिम्सिना, वर्तमान महासचिव हरि मोहन श्रेष्ठ र पूर्व उपाध्यक्ष यतिश श्रीवास्तवको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सङ्घको महासचिवमा गोल्डेन हस्पिटलको सञ्चालक समेत रहेका दिनेश ठाकुरले उम्मेदवारी दिएका छन् । उनले तिम्सिना समूहबाट महासचिवमा उम्मेदवारी दिएका हुन् । सोही पदमा अन्य तीन जनाले पनि उम्मेदवारी दिएका छन् । जितेन्द्र कुमार रजक, मनोज कुमार मिश्र र सुरेन्द्र कुमार मेहताले उम्मेदवारी दर्ता गराएका हुन् । ठाकुर र रजक बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रजक हरि मोहन श्रेष्ठको समूहका महासचिव हुन् ।

महासचिव पदमा उम्मेदवारी दिएका ठाकुर हाल नेपाल औषधी व्यवसायी सङ्घ कोसी अञ्चल शाखाको सचिव हुन् । साधारण परिवारमा जन्मिएका ठाकुरले उच्च शिक्षा हासिल गरी शिक्षकबाट आफ्नो जीवन सुरुवात गरेका हुन् । लगनशील, कडा मेहनतका र इमानदार पूर्वक काम गरी औषधी कम्पनीको बजार प्रतिनिधि हुँदै लोटस फर्मा सञ्चालनमा ल्याए ।

दुई दशक भन्दा अगाडीदेखि औषधी व्यवसायीमा आबद्ध भएका उनी व्यवसायीहरूप्रतिको सकारात्मक सोच, समस्या पर्दा लागि पर्ने जुझारु क्रियाकलापकै कारणले विगतमा भएको सङ्घको चुनावमा अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका थिए । यस पटक पनि सबै व्यवसायीले रुचाएकोले कारणले गर्दा अत्यधिक मत ल्याएर विजयी हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्