बेलवारी ९ मा शान्ति युवा समूहद्वारा उद्घोषण तालिम सुरु


असोक गुरुङ –

बेलवारी, १५ मङ्सिर । बेलवारी नगरपालिका –९ शान्ति युवा समूहले ३ दिने उद्घोषण तालिम सुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वार्ड न. ९ का अध्यक्ष नगेन्द्र खड्काले वेनर वाचन गरी उद्घाटन गरेको छ ।

३ दिने उद्घोषण तालिममा ईरान राई ,सन्जु राई , शान्ता पाख्रिन लामाले ३५ जना प्रशिक्षतिहरुलाई प्रशिक्षण दिने छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य , वाड सदस्य, सञ्चार कर्मी लगायतको उपस्थिति रहेको थियो । धिरोज श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्