इलाममा पहिरोपीडित एक पुरुष र गर्भवती महिला सेनाको हेलिकप्टरमार्फत इटहरी पठाइए


इलाम । अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका–१, पातीगाउँमा आज पहिरो खस्दा गम्भीर घाइते भएका दुईजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि इटहरी लगिएको छ।

घाइतेमध्ये एक पुरुष र एक गर्भवती महिला रहेको स्थानीय प्रशासनले जनाएको छ। दुवैजनाको अवस्था गम्भीर भएपछि तत्काल इटहरीस्थित अस्पतालमा पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्