सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा


विराटनगर, १५ मङ्सिर । बलात्कार आरोपी कृष्णबहादुर गिरी ( सिद्धबाबा ) हृदयाघात भएको भन्दै आईसीयूमा भर्ना भएका छन् ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको गिरीलाई प्रहरी कार्यालयमा जाहेरी दिए पनि नलिएपछि काठमाडौँ सिआईबीले जिल्ला प्रहरीमा स्वास्थ्य परीक्षण गरेर फाइल पठाएपछि उजुरी दर्ता गरेको थियो ।

सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्