काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ दलबारे सार्वजनिक टिप्पणी गर्दै भ्रम नफैलाउन आग्रह गरेका छन्। उनले निर्वाचन आयोगमा दर्ताका लागि दिएको निवेदनबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दलको नाम र चुनाव चिह्नबारे प्रष्ट पारेका हुन्।
साम्पाङले लेखेका छन्, “निर्वाचन आयोगले सूचना out गरिहालेछ ! पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो ! चुनाव चिन्ह ‘माटो’ हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध !” यसअघि आयोगले साम्पाङको निवेदनबारे जानकारी दिँदै दल दर्ताका लागि आवश्यक थप कागजात पेश गर्न आग्रह गरिसकेको छ।