ओलीलाई स्वास्थलाभको सन्देश पठाए मोदीले


काठमाडौँ, १४ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थलाभको सन्देश पठाएका छन् ।

मङ्गलवार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरेका प्रधानमन्त्री ओलीको स्वास्थलाभको सन्देश समकक्षी नरेन्द्र मोदीले पठाएका हुन ।

नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्