पोखरामा फेरि बम विस्फोट


काठमाडौँ, १४ मङ्सिर । कास्की क्षेत्र नं. २ पोखरा महानगरपालिका–१६ को दीप चण्डीका मतदानस्थल नजिकै फेरि बम विस्फोट भएको छ ।

पोखराका ३ मतदान स्थलमा बम विस्फोट भए पनि कुनै क्षति भने नभएको सुरक्षा अधिकारीहरूले बताएका छन् । पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँ बजारको नवप्रभात र पोखरा–१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको छ ।

उपचुनावको तयारी हुनुसाथ पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्